‘सेवाग्राहीका अनुहारमा सन्तुष्टि देखिने काम गरौँ’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘सेवाग्राहीका अनुहारमा सन्तुष्टि देखिने काम गरौँ’


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मध्यस्थकर्ताको नभई सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न भूमि प्रशासकलाई निर्देशन दिएको छ ।

भूमि प्रशासन जनतासँग प्रत्यक्ष जोडिएको विषय भएकाले भूमि प्रशासनको सेवालाई जनमुखी र गुनासोरहित बनाउन पछिल्लो समय मन्त्रालयले सुशासनका लागि विभिन्न प्रयासहरू गर्दै आएको छ ।

मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले कार्यालयमा पेस हुन आएका हरेक काममा मध्यस्थको होइन सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न मातहतका कार्यालय प्रमुखलाई सुझाव दिएको बताए । नगर्ने गरी सेवा प्रवाह गर्नपर्छ ।’

लेखापढी व्यवसायीहरूले लिने शुल्कलाई पारदर्शी बनाई सेवाग्राहीले तोकिएको भन्दा बढी रकम तिर्न नपर्ने गरी टाइम कार्ड अनुरूपको सेवा प्रदान सल्लाह दिँदै उनले सेवाग्राहीहरूको बढी भीड हुने कार्यालयले टाइम कार्ड अनुरूपको सेवा दिन प्रमुखको थप तदारुकताको आवश्यकता रहेको बताए ।

उनले कार्यालय प्रमुखलाई गुनासो पेटिका, गुनासो एकाइ, समाचार माध्यम, मन्त्रालयको सुशासन एकाइ र विभिन्न निकायमा आउने गुनासो तत्काल सम्बोधन गर्न तथा उजुरीको तत्काल फर्छ्योट गर्ने व्यवस्था मिलाउन सुझाव दिए ।

मन्त्रालयले विभागीय र कार्यालय प्रमुखले मातहतका शाखाको नियमित अनुगमन गर्न र पाइएका कैफियतहरूको सुधार गरी मन्त्रालयमा प्रगति पठाउन उक्त यसअघि नै निर्देशन गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस