राष्ट्रपति निर्वाचन : उम्मेदवारले आज नाम फिर्ता लिन सक्ने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

राष्ट्रपति निर्वाचन : उम्मेदवारले आज नाम फिर्ता लिन सक्ने


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ। राष्ट्रपति निर्वाचन लड्न नचाहने उम्मेदवारले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् ।

उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ ।

आगामी २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । तर उनीहरूले उम्मेदवारी फिर्ता लिने सम्भावना कम छ । दुवै उम्मेदवारहरुविरुद्ध उजुरी र दाबी विरोध पनि परेको छैन ।

उम्मेदवारी फिर्ता लिने समय सकिएपछि आजै साँझ ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माले जानकारी दिइन् ।

राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । हालकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस