आजको मौसम : देशका पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आजको मौसम : देशका पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुको साथै पहाडी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस