‘ढोक्साभन्दा माथि राजालाई राख्न पाए हुन्थ्यो’  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘ढोक्साभन्दा माथि राजालाई राख्न पाए हुन्थ्यो’ 


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्र प्रमुखको एउटा पदमा राजालाई राख्न पाए सङ्कटका बेला देशको भलो हुने बताएका छन्।

उनले सामाजिक सञ्जालबाट पछिल्लो समयको राजनीतिक घटनाक्रमको आलोचना गर्दै यस्तो बताएका हुन्। 

उनले भनेका छन्,‘उसले उसलाई, उसले उसलाई,सबैले सबैलाई ढोक्सा थाप्दा थाप्दै, राष्ट्रपतिको पददेखि देशको धर्म(संस्कृति र सार्वभौमसत्तासम्म बढ्दो रूपमा विदेशीको ढोक्सामा परिसक्यो, कमसेकम राष्ट्र प्रमुखको एउटा पदमा, ढोक्साको पासोभन्दा माथि, राजालाई राख्न पाए सङ्कटका बेला देशको भलो हुन्थ्यो भनेको, सुन्नुपर्नेले किन सुन्थे।’ 

राष्ट्रपतिमा सहमति नमिलेपछि नेकपा एमालेका मन्त्रीहरूले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाइसकेका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस