६५५ एम्बुलेन्समा जिपिएस जडान « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

६५५ एम्बुलेन्समा जिपिएस जडान


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । सरकारले देशभरिका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता कार्यलाई तीव्रता दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एउटै ट्रयाक अर्थात् जिपिएस प्रणालीमा दर्ता भएका एम्बुलेन्सको संख्या ६५५ पुगेको जनाएको हो ।

एचईओसी प्रमुख तथा सह प्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार एम्बुलेन्सलाई सिस्टममा ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रदेश १ मा १६ वटा एम्बुलेन्समा जिपिएस जडान भएको छ भने मधेस प्रदेशमा २८६ एम्बुलेन्समा कुनै पनि प्रणालीमा आबद्ध गरिएको छैन ।

बागमती प्रदेशमा ३ सय ४७, लुम्बिनी प्रदेशमा ७०, कर्णाली प्रदेश ४२, सुदूरपश्चिमका ५८ वटा एम्बुलेन्समा जिपिएस जडान भएको छ ।

हालसम्म नेपालमा २ हजार ३४२ एम्बुलेन्स दर्ता भएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस