गुल्मी यातायात प्रालिको अध्यक्षमा श्रेष्ठ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गुल्मी यातायात प्रालिको अध्यक्षमा श्रेष्ठ


१५ फाल्गुन २०७९, सोमबार


गुल्मी । गुल्मी यातायात प्रालिको अध्यक्षमा रूपकलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

गुल्मी यातायात व्यवसायी समिति रूपान्तर भएर बनेको गुल्मी यातायात प्रालिको वार्षिक साधारण सभा तथा अधिवेशनले ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।

प्रालिको सञ्चालक समिति सदस्यमा रूपकलाल श्रेष्ठ, ज्ञानहरि सापकोटा, कमल श्रेष्ठ, नारायण ज्ञवाली, उत्तम कुवर, महेश्वरकुमार राज भण्डारी, लक्ष्मण भण्डारी, महेन्द्र केसी र शङ्कर बहादुर थापा चयन भएका थिए । सञ्चालक समितिको बैठकले रूपकलाई अध्यक्ष चयन गरेको हो ।

त्यस्तै तीन सदस्यीय लेखा समितिमा प्रकाश थापा संयोजक, भीमबहादुर राना र प्रकाश भट्टराई सदस्य रहेका छन् ।

प्रालिमा हाल करिब तीन सय सवारी साधन आबद्ध छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस