सिंहदरवारभित्रको केन्द्रीय क्यान्टिनमा अखाद्य वस्तु, तीन लाख जरिवाना « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सिंहदरवारभित्रको केन्द्रीय क्यान्टिनमा अखाद्य वस्तु, तीन लाख जरिवाना


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार परिसर भित्र रहेको केन्द्रीय क्यान्टिनमा म्याद गुज्रिएका अखाद्य खानेकुरा तथा मसला भेटिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गरेको आकस्मिक अनुगमनका क्रममा खान अयोग्य वस्तु फेला परेको हो ।

विभागको बजार निरीक्षण अधिकृतको टोलीले गरेको अनुगमनका क्रममा उक्त क्यान्टिनमा खानयोग्य अवधि सकिएका तथा लेबलै नभएका मसला, दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु र तरकारी समेत फेला परेको विभागले जनाएको छ । यससँगै टोलीले त्यस्ता वस्तुहरू तत्काल नष्ट गरेको जनाएको छ ।

साथै उक्त क्यान्टिन सञ्चालन गर्ने ‘कञ्चन चमेना गृह’ र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरीतको कसुर गरेको भन्दै तत्काल ३ लाख रुपैयाँ जरिवाना समेत गरिएको विभागले जनाएको छ ।

यो मात्रै होइन, सिंहदरवारभित्र सञ्चालित अधिकांश यस्ता चमेना गृहहरू कुनै भट्टी भन्दा कम छैनन्, न त खुल्ला स्पेस नै छ न त गुणस्तरीय नै, सरसफाइ त कुन चरीको नाम हो भन्ने अवस्था सिंहदरवारमै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस