पहाडी र हिमाली क्षेत्रमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पहाडी र हिमाली क्षेत्रमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

मङ्गलवार पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस