देशका केही स्थानमा वर्षा  « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

देशका केही स्थानमा वर्षा 


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । कास्कीको पोखरासहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ । पोखरालगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, मुगुको ताल्चालगायत उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।

काठमाडौँ उपत्यकामा पनि आज छिटपुट वर्षाको सम्भावना छ । दिउँसो ३ बजेपछि छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस