नयाँ गठबन्धन भ्यागुताको धार्नी हो : झलनाथ खनाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नयाँ गठबन्धन भ्यागुताको धार्नी हो : झलनाथ खनाल


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले बनेको गठबन्धनलाई भ्यागुताको धार्नीको संज्ञा दिएका छन्।

उनले भ्यागुता कति वेला उफ्रन्छन् भन्ने कुनै ठेगान नहुने बताए। खनालले गठबन्धनहरूबाट देशले पार नपाउने र यिनको आयु समेत नभएको बताएका छन्।

बङ्गलादेशको कार्यक्रमबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूको कुराकानीमा खनालले यस्तो बताएका हुन्।

बङ्गलादेशको ढाकास्थित सर्वोच्च अदालत परिसरमा सार्क ह्युमन राइट्स फाउन्डेसनको आयोजनमा ‘मानवअधिकार सम्मेलन(२०२३’ लाई सम्बोधन गरेर उनी आज राति स्वदेश फर्किएका हुन्। उनी बिहीबार बङ्गलादेश गएका थिए।

खनालले बङ्गलादेश र नेपालबीच अति सुमधुर, बहु आयामिक सम्बन्ध रहेको र पारवहन सुविधा दिएको बताए।​ ​

यसैगरी बङ्गलादेशमा डिसेम्बरमा हुने निर्वाचनमा विभिन्न मुलुकबाट पर्यवेक्षकहरू आउने र नेपालले पनि पर्यवेक्षक पठाउने बङ्गलादेशले अपेक्षा गरेको नेता खनालले जानकारी गराए।

Tags :
प्रतिक्रिया दिनुहोस