१५ सय १५ किलो लागुऔषध गाँजासहित पाँच जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१५ सय १५ किलो लागुऔषध गाँजासहित पाँच जना पक्राउ


१४ फाल्गुन २०७९, आइतबार


पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजा, चरेस र हतियारसहित पाँच जनालाई पक्राउ गरेको छ ।

कैलाश गाउँपालिका-६, दुम्सिखर्कबाट सो सामाग्रीसहित पक्राउ गरेको हो । १५ सय १५ किलो लागुऔषध गाँजा, १३ किलो चरेस, एक थान अवैध भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल र म्याग्जिनसहित ६ राउण्ड गोली फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका-६, दुम्सिखर्कमा ७६ वर्षीय जीतबहादुर मोक्तान, सोही ठाउँका २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले, २२ वर्षीय शेखर घले रहेका छन् ।

जीतबहादुरको घर र गोठमा खानतलासी गर्दा शुक्रबार बेलुका लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस