भाखा नाघेको ३० दिनभित्र कर्जाको सावाँ-ब्याज तिरेमा जरिबाना नलाग्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भाखा नाघेको ३० दिनभित्र कर्जाको सावाँ-ब्याज तिरेमा जरिबाना नलाग्ने


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । अब भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार यस्तो सहुलियत २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको सावाँ र ब्याजमा मात्र लागु हुने भएको छ । तर, कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको सावाँ ब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित सर्त बमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन भने बाधा नहुने नेपाल राष्ट्र बैंकको नयाँ नियममा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस