सरकारबाट बाहिरिने एमालेको तयारी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सरकारबाट बाहिरिने एमालेको तयारी


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ । आज (शुक्रबार) साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति काँग्रेसलाई दिने निर्णय गरेपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार साँझ यसबारे जानकारी गराएको स्रोतले जानकारी दिएको छ । 

शीतल निवासमा भएको भेटघाटमा अध्यक्ष ओलीले भोलि (शनिबार) बस्ने पदाधिकारी बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गर्ने जानकारी राष्ट्रपतिलाई दिएको एमालेका एक नेताले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस