परिचारिकामाथि दुर्व्यवहार गर्ने पाइलटमाथि कारबाही « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

परिचारिकामाथि दुर्व्यवहार गर्ने पाइलटमाथि कारबाही


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपाल वायुसेवा निगमका (एनएसी) का आरए-४१६ का चालक दलका सदस्यहरूलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । 

२०७९ साउन १२ गते तदनुसार २८ जुलाई २०२२ का दिन मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको उडानमा रहेको निगमको उडान सङ्ख्या आरए-४१६ का चालक दलका सदस्यले विमान परिचारिकामाथि दुर्व्यवहार गरेको उजुरीका आधारमा सो उडानमा सक्रिय चालक दलका सदस्यहरूलाई प्राधिकरणलाई कारबाही गरेको हो ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले उक्त उडानमा रहेका सम्पूर्ण चालक दललाई तत्काल उडानमा रोक लगाइएको जनाएको छ ।  गलत क्रियाकलापमा सरिक हुने चालक दलका सदस्यको सूचना गोप्य राखिए पनि ती चालक दलका सदस्यहरूलाई कारबाही गर्न प्राधिकरणले निगमलाई निर्देशन दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी जगन्नाथ निरौलाले जानकारी दिए । घटनाको वास्तविकता छानबिन गरेर प्राधिकरणमा रिपोर्ट बुझाउन समेत निर्देशन गरिएको निरौलाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस