‘छिटो न्याय दिन न्यायालय सुधारमा लागेका छौँ, एक मिनेट पनि समय खेर फाल्दैनौँ’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘छिटो न्याय दिन न्यायालय सुधारमा लागेका छौँ, एक मिनेट पनि समय खेर फाल्दैनौँ’


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाको जतिसक्दो छिटो फर्छ्योट गरेर न्यायालयको सुधारमा लागिरहेको बताएका छन् ।

नेपाल बार एसोसिएसनले आयोजना गरेको कानुन व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले सर्वोच्च अदालतमा पाँच जना न्यायाधीशको कमी भएर १६ जना मात्रै न्यायाधीशले काम गर्दा पनि मुद्दा फर्छ्योटमा तीव्रता दिएको बताए । 

सर्वोच्च अदालतका ३० हजार मुद्दा करिब २८ हजारमा झारेको जानकारी दिँदै कामु प्रधानन्यायाधीश कार्कीले भने, ‘समयमा इजलास बस्ने र एक मिनेट पनि समय खेर फाल्दैनौँ, जतिसक्दो छिटो न्याय दिन सुधारको अभियानमा लागेका छौँ ।’

उनले पाँच वर्षभित्रका पुराना मुद्दालाई शून्यमा झार्ने र दुई वर्षभित्र उच्च अदालतलाई पनि शून्यमा झार्ने काम गरिरहेको बताए । पाँच वर्ष पुराना मुद्दामध्ये चार हजार आठ मुद्दालाई छिटो फर्छ्योट गर्न काम गरिरहेको उनले जानकारी दिए । उनले समयमा न्यायाधीश नियुक्ति हुन नसक्दा मुद्दा फर्छ्योटमा समस्या भएको समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस