‘सरकार र नीति निर्माता उच्च घरानियाँ र ठूला व्यापारीको सेटिङमा चले’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘सरकार र नीति निर्माता उच्च घरानियाँ र ठूला व्यापारीको सेटिङमा चले’


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले उच्च घरानियाँ र ठूला व्यापारीको सेटिङमा सरकार र नीति निर्माताहरू चलेकोले नेपालको अर्थतन्त्र कमजोर भएको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘नजानेर, नसकेर वा थाहा नपाएर नेपाली अर्थतन्त्र कमजोर भएको होइन । उच्च घरानियाँ र ठूला व्यापारीहरूको सेटिङमा नेपाल सरकार र नीति निर्माता चलेकोले अर्थतन्त्र कमजोर भएको हो ।’

कूल पुँजीको ६१ प्रतिशत उच्च घरानियाँ र व्यापारीहरूले उपयोग गरिरहेका गरिरहेको पनि उनले बताए ।

ठूला व्यापारीले सहजै ऋण पाउने र गरिबले अनेकन झन्झट बेहोर्नुपर्ने अवस्थालाई अन्त्य गरिनुपर्नेमा उनको जोड छ । अर्थतन्त्र सुधारका लागि विद्युतीय गाडिहलाई भन्सार छुट गर्ने, तरकारी अयतालाई कम गर्ने उपाय खोज्ने, आफूलाई चाहिने तरकारी उत्पादन आफैँ गर्ने, प्राङगारिक मलमा जोड दिन सक्दा नेपालको अर्थतन्त्रमा सुधार आउने सांसद चौधरीले सुझाए ।

Tags :
प्रतिक्रिया दिनुहोस