राष्ट्रपति निर्वाचनका लागि प्रकाशित अन्तिम नामावलीमा चौधरीको नाम समावेश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति निर्वाचनका लागि प्रकाशित अन्तिम नामावलीमा चौधरीको नाम समावेश


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि सांसद अरुण चौधरीको नाम समावेश गरेर अन्तिम नामावली प्रकाशित  भएको छ। शुक्रबार निर्वाचन अधिकृतको कार्यालयले सांसद चौधरीको नाम समावेश गरेर अन्तिम नामावली प्रकाशित गरेको हो। 

निर्वाचन अधिकृतको कार्यालयले संघीय संसद्का तीन सय ३१  र प्रदेश सांसद पाँच सय ५० गरी आठ सय ८१ जनाको  नामावली प्रकाशन गरेको हो।

दुई संघीय सांसद रवि लामिछाने र टेकबहादुर गुरुङबाहेकको नाम समावेश गरी नामावली प्रकाशन भएको छ। यसअघि फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरीको नाम समेत मतदाता सूचीमा समावेश थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस