अब एमालेसँग गठबन्धन हुन्न : घनश्याम भुसाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अब एमालेसँग गठबन्धन हुन्न : घनश्याम भुसाल


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले राष्ट्रपतिको निर्वाचनमा एमालेसँग गठबन्धन नहुने बताएका छन् । 

बालुवाटारमा शुक्रबार बिहान बसेको चार दलको बैठकले राष्ट्रपति निर्वाचनमा सहकार्य गर्नेबारे सैद्धान्तिक सहमति गरेकोले अब अर्को खालको गठबन्धन नहुने उनले दाबी गरे । काँग्रेस र एकीकृत समाजवादीले राष्ट्रपतिमा आ-आफ्नो दाबी गरेपनि अब चारवटै दल एउटा निर्णयमा पुग्ने उनको दाबी छ ।

उनले राष्ट्रपति निर्वाचनबारे एमालेसँगको गठबन्धन नबन्ने दाबी गरे । ‘हामी अहिलेका दलहरूको सहमति हुन्छ । अब अर्को एलायन्स बन्दैन, ‘उनले भने । उनले शीर्षस्थ नेताहरुबीच दिउँसो फेरि छलफल हुने र त्यसले प्रस्तावहरू बनाउन सक्ने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस