सुन र चाँदीको मूल्य घट्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुन र चाँदीको मूल्य घट्यो


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । साताको अन्तिम दिन सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख २ हजार ४ सय, तेजाबी सुनको मूल्य एक लाख १ हजार ९ सय र चाँदीको मूल्य १ हजार २७५ रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख २ हजार ५ सय, तेजाबी सुनको मूल्य एक लाख २ हजार र चाँदी १ हजार २८५ रुपैयाँ तोकिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस