अर्थ मन्त्रालयद्वारा करार र ज्यालादारीमा कार्यरत कर्मचारीको विवरण माग  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अर्थ मन्त्रालयद्वारा करार र ज्यालादारीमा कार्यरत कर्मचारीको विवरण माग 


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । अर्थ मन्त्रालयले सबै सरकारी निकायमा कार्यरत करार रज्यालादारीमा कार्यरत कर्मचारीको विवरण मागेको छ । 

मन्त्रालयले पत्र नै लेखेर सबै मन्त्रालय, आयोग, कार्यालय, बोर्ड, आयोजना र विभागमा करारमा कार्यरत रहेका कर्मचारीको विवरण मागेको हो ।

मन्त्रालयले एक पत्र लेख्दै फागुन ५ गते ७ दिनभित्र करारमा कार्यरत सबै कर्मचारीको विवरण उपलब्ध गराउन भनेको थियो । सो अनुसार आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायहरूलाई ३ दिनभित्र करारका कर्मचारी र ज्यालादारीका कर्मचारीको विवरण पठाउन भनेको छ ।

सरकारले राजश्व सङ्कलनमा लिएको लक्ष्य पुरा नभएपछि खर्च कटौतीको निर्णय गरेको थियो ।

सम्बन्धित समाचार : अर्थ मन्त्रालयद्वारा खर्च कटौतीका लागी १४ बुँदे निर्देशन जारी

खर्च कटौती गर्न भन्दै अर्थ मन्त्रालयले २० प्रतिशत खर्च कटौतीको निर्णय गरेको थियो । यस्तै, करारका कर्मचारीको विवरण समेत कटौतीका लागि मगाएको मन्त्रालय स्रोतको भनाई छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस