राष्ट्रपति निर्वाचन : आज मतदाताविरुद्ध उजुरी दिन सकिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति निर्वाचन : आज मतदाताविरुद्ध उजुरी दिन सकिने


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस