अज्ञात समूहले लुट्यो ग्लोबल बैंकको ९ लाख रुपैयाँ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अज्ञात समूहले लुट्यो ग्लोबल बैंकको ९ लाख रुपैयाँ


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ। सिरहामा ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटिएको छ ।

बुधबार दिउँसो ३ बजे मिर्चैयाको ग्लोबल आइएमई बैंकबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट ९ लाख रकम लुटिएको सिरहाका प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

मोटरसाइकलमा रकम लिएर कल्याणपुर जाँदै गर्दा मिर्चैयाको बसहा पुलमा ४ जनाको अज्ञात समूहले रकम लुटेको प्रहरीले जनाएको छ ।

लुटेराहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस