हाम्रो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव आएको छैन : झलनाथ खनाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हाम्रो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव आएको छैन : झलनाथ खनाल


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताएका छन् ।

पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन् । उनले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराएको बताए ।

उनले राष्ट्रपति निर्वाचन देशका लागि महत्त्वपूर्ण एजेण्डा भएको उल्लेख गर्दै आफ्नो पार्टीले पनि यसमा सरोकार राख्ने बताए ।

त्यस्तै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पूर्व राजा ज्ञानेन्द्र शाहले निकालेको वक्तव्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले प्रतिगामी हर्कतहरु बढिरहेको सन्दर्भलाई मध्यनजर गरी देशका सबै अग्रगमन पक्षधर राजनीतिक दलहरूसँग छलफल अघि बढाउन बैठकमा निर्णय भएको बताए ।

उपमहासचिव खतिवडाले राष्ट्रपतिका लागि कुनै पनि पार्टीले आफ्नो पार्टीलाई प्रस्ताव नगरेको दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस