राष्ट्रपति भण्डारी बागलुङमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति भण्डारी बागलुङमा


१० फाल्गुन २०७९, बुधबार


ढोरपाटन । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ पुगेकी छन् ।

बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ आएकी हुन् ।

नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०:३० बजे बागलुङ बजार आएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरे ।

बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्ने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस