राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक आज « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक आज


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गर्ने भएको छ ।

आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद् अन्तरगतका प्रतिनिधि सभा र राष्ट्रिय सभा र प्रदेश सभाका सांसद मतदाता हुन्छन्। जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताहरूको सूची पठाइसकेका छन् ।

आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृतको रूपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा राष्ट्रपति निर्वाचनका लागि हुने मतदानका लागि सोही स्थानमा दुईटा मतदान केन्द्र हुनेछन् ।

१३ फागुनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दललाई आयोगले जानकारी गराइसकेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८८१ मतदाता छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस