प्रधानमन्त्री प्रचण्ड कतार भ्रमणमा जाने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री प्रचण्ड कतार भ्रमणमा जाने


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको भ्रमणमा जाने भएका छन् । उनी यही फागुन २० गते विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन कतारको राजधानी दोहामा जाने तयारीमा रहेका हुन् । 

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्री फागुन २० गते दोहा जाने तयारीमा रहेको पुष्टि गरे ।

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको दोहा पहिलो विदेश भ्रमण हुने छ । यसअघि प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतलाई बनाउन पहल हुँदै आएपनि मिति तय हुन सकेको थिएन । राष्ट्रपति निर्वाचनलगायतका कारणले तत्काल प्रचण्डको भारत भ्रमण हुन नसकेको हो । 

स्रोतका अनुसार राष्ट्रपति निर्वाचनका बीच पनि कतार भ्रमण भने जानै पर्ने बाध्यताका कारण प्रचण्ड त्यसतर्फ प्रस्थान गर्ने तयारीमा पुगेका हुन् । राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ भने त्यसका लागि यही १४ गते मनोनयन दर्ता हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस