लुम्बिनीमा आज मात्रै ७६५ चालक कारबाहीमा, ६ लाख बढी राजश्व सङ्कलन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लुम्बिनीमा आज मात्रै ७६५ चालक कारबाहीमा, ६ लाख बढी राजश्व सङ्कलन


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । लुम्बिनी प्रदेशका १२ जिल्लामा मङ्गलवार मात्रै ७६५ सवारी कारबाहीबाट ६ लाखभन्दा बढी राजश्व सङ्कलन भएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार १२ जिल्लामा मङ्गलवार भएका विभिन्न चेकजाँचमा कारबाहीबाट ६ लाख ७० हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले सबैभन्दा बढी रुपन्देही र सबैभन्दा कम रुकुम पूर्वमा सवारी कारबाहीमा परेका जानकारी दिए ।

उनका अनुसार रुपन्देहीमा १६१ सवारी कारबाहीमा परेका छन् । यी सवारीबाट दुई लाख ४२ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

बाँकेमा १३४ सवारी कारबाहीबाट ९२ हजार, दाङमा १९ सवारी कारबाहीबाट ९१ हजार, कपिलवस्तुमा ७७ सवारी कारबाहीबाट ५९ हजार, पाल्पामा ६६ सवारी कारबाहीबाट ४८ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको सूचना अधिकारी थापाले जानकारी दिए ।

नवलपरासीमा ६२ सवारी कारबाहीबाट ४२ हजार ५००, बर्दियामा ५३ सवारी कारबाहीबाट २९ हजार, गुल्मीमा ३३ सवारी कारबाहीबाट २२ हजार, प्युठानमा २६ सवारी कारबाहीबाट १८ हजार ५००, अर्घाखाँचीमा १६ सवारी कारबाहीबाट १२ हजार, रोल्पामा ११ सवारी कारबाहीबाट सात हजार ५०० र रुकुम पूर्वमा सात सवारी कारबाहीबाट ६ हजार राजश्व सङ्कलन भएको थापाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस