पूर्व मुख्यमन्त्री राउतले गाडी, मोबाइल र ल्यापटप अझै फिर्ता गरेनन्  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पूर्व मुख्यमन्त्री राउतले गाडी, मोबाइल र ल्यापटप अझै फिर्ता गरेनन् 


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री रहँदा सुविधास्वरुप पाएका सामानहरू अझै फिर्ता गरेका छैनन् ।

पूर्व मुख्यमन्त्री राउतले एउटा स्कार्पियो गाडी अझै फिर्ता गरेका छैनन् । त्यस्तै उनले लिएको ५ थान मोबाइल र एक थान ल्यापटप पनि फिर्ता नगरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

सुविधा स्वरूप उपलब्ध गराएको सवारीबाहेक अरु थप सवारी सुविधा माग गर्न नपाइने व्यवस्था भए पनि राउतले आफ्नो कार्यकालमा विभिन्न गाडी लिएका थिए । तीमध्ये एउटा गाडी अझै फिर्ता नभएको मुख्यमन्त्रीको कार्यालयले जनाएको हो ।

मुख्यमन्त्री कार्यालयका एक जना कर्मचारी भन्छन्, ‘उहाँले गाडीसहितका केही सामान अझै फिर्ता नगरेको जिन्सीको अभिलेखमा देखिन्छ ।’ 

ती सामान फिर्ता नभएकोबारे मुख्यमन्त्रीलाई पनि जानकारी गराइसकेको ती कर्मचारीको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस