ओलीसँग किसान श्रेष्ठले राष्ट्रपति चुनावबारे छलफल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ओलीसँग किसान श्रेष्ठले राष्ट्रपति चुनावबारे छलफल


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठसँग भेट गरेका छन् ।

मङ्गलवार दिउँसो ओलीलाई भेट्न श्रेष्ठ बालकोट पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार उनीहरुबीच राष्ट्रपति चुनावकै विषयमा कुराकानी भएको थियो ।

सोमबार नेकपा एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको स्रोतको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस