महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन ओली र प्रचण्डसमक्ष प्रस्ताव « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन ओली र प्रचण्डसमक्ष प्रस्ताव


९ फाल्गुन २०७९, मंगलबार


 काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रस्ताव राखेको छ ।

अध्यक्ष ठाकुरसहित शीर्ष पाँच नेताको टोलीले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा र एमाले अध्यक्ष ओलीलाई बालकोट पुगेर भेट गरी प्रस्ताव राखेका हुन् । 

“काँग्रेसको उम्मेदवार एमालेलाई स्वीकार नहुने, एमालेको उम्मेदवार काँग्रेसलाई मान्य नहुने भएकाले निष्कलङ्क व्यक्तित्व महन्थ ठाकुरजीलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा हामीले प्रस्ताव गरेका छौ,” लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लले भने, “प्रधानमन्त्रीज्यूले १२ बुँदे सहमतिदेखि नै ठाकुरजीको सहभागिता आफूले नबिर्सिएको भन्दै प्रशंसा गर्नुभएको छ ।”

उनले एमाले अध्यक्ष ओलीसँगको भेट पनि सकारात्मक भएको बताए ।

“उहाँले चाँडै जवाफ दिन्छौँ भन्नुभएको छ । आज साँझदेखि भोलि बिहानसम्म एमाले अध्यक्ष ओलीले जवाफ दिनुहुनेछ,” शुक्लले भने ।

उनका अनुसार लोसपाले भोलि बिहान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरी प्रस्ताव राख्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस