बन्ने भयो राकम कर्णालीमा शिक्षण अस्पताल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बन्ने भयो राकम कर्णालीमा शिक्षण अस्पताल


प्रशासन संवाददाता

९ फाल्गुन २०७९, मंगलबार


कार्यालय भवन

काठमाडौँ । राकम कर्णालीमा ट्रमा सेन्टरसहित शिक्षण अस्पताल बन्ने भएको छ ।

चार वर्षअघि दैलेखको आठबिस नगरपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौता अनुसार राकम कर्णालीमा शिक्षण अस्पताल बन्ने भएको हो ।

१ सय शय्याको शिक्षण अस्पताल निर्माण गरी नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ । प्रदेश सरकार र सङ्घीय सरकारको समन्वयमा शिक्षण अस्पताल बन्ने भएको हो ।

अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मा भने प्रतिष्ठानले लिएको छ । अस्पताल निर्माणका लागि आठबिस नगरपालिकामा ४० रोपनी जग्गाको व्यवस्थापन गरिएको छ भने, अस्पताल निर्माणको लागि डीपीआर तयार भइसकेको छ ।

प्रतिष्ठानले उक्त अस्पतालका लागि अक्सिजन प्लान्ट प्रदान गरिसकेको छ । गैह्र आवासीय नेपाली सङ्घ (एनआरएन) बाट प्राप्त अक्सिजन प्लान्ट प्रतिष्ठानले अस्पताललाई प्रदान गरेको हो ।

नगरपालिकाले ट्रस्ट निर्माण, विद्युतीय प्रसारण ट्रान्सफर्मर खरिदका लागि ३२ लाख बढी रकम खर्च गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस