दोहोरो बोल्न सक्ने भए उपचाररत सांसद भण्डारी « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

दोहोरो बोल्न सक्ने भए उपचाररत सांसद भण्डारी


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको छ।

भारतमा उपचाररत भण्डारीले मङ्गलवार दोहोरो संवाद गरेका छन्।

भण्डारीको साथमा रहेका माधव न्यौपानेका अनुसार भेन्टिलेटर हटाएर उनलाई नर्मल मास्कबाट अक्सिजन दिइएको छ। उनको कल्चर रिपोर्ट आज आउँदै छ। उनको स्वास्थ्य पारा मिटर नर्मल रहेका उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

उनको सुन्निएको अनुहार सामान्य बन्दै गएको छ। समग्र स्वास्थ्य अवस्था नै सामान्यतर्फ गइरहेको न्यौपानेले जानकारी दिए। फागुन ३ गते राति बुद्धनगरस्थित घरमा खाना पकाउन प्रयोग हुने सिलिन्डरमा लिकेज भएर आगलागी हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए।

घाइते भएका दुवै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो। उपचारको क्रममा आमाको निधन भएको हो भने भण्डारीलाई उपचारको लागि मुम्बईको नेसनल बर्न सेन्टर लगिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस