काँग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

काँग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं संघीय सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको बताइएको छ । आज (मङ्गलवार) डा. भण्डारीले दोहोरो संवाद गरेका मुम्बईमा रहेका माधव न्यौपानेले बताएका छन् ।

न्यौपानेका अनुसार डा. भण्डारीलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ । स्वास्थ्य पारामिटर सबै नर्मल रहेको छ । ‘आज पहिलो पटक दोहोरो संवाद गरेको छु। भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ।कल्चर रिपोर्ट आज आउँदै छ। अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन्।सुन्निएको अनुहार घटेको छ। स्वास्थ्य सामान्यतर्फ गइरहेको छ,’ उनले लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस