बालबालिकाको सिकाइमा सहयोग पुर्‍याउन नाटक मेला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बालबालिकाको सिकाइमा सहयोग पुर्‍याउन नाटक मेला


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । बालक स्पर्श कम बोल्छ। स्वभावले जिद्दी स्पर्शको चाहना परिवारले पूरा गर्दै आइरहका छन्।

बाआमाले उसको आवश्यकता पूरा गरे पनि उनीहरूको व्यस्तताका कारण एक्लो अनुभूत गर्छ, स्पर्श। परिवारले दिने माया, ममता र समयको अभावले स्पर्श बढी समय मोबाइल गेम खेल्न भुल्छ। बाआमाले स्पर्शलाई पढाउन जोडबल गरे पनि ऊ मोबाइल खेल्नु र खेल्न पाउनुलाई ठुलो सफलता ठान्छ। स्पर्शले मोबाइल गेममा बसालेको लतका कारण एक्लो भएको महसुस गर्छ भने बाआमासँग पनि बिस्तारै दुरी आउँछ। यसरी स्पर्श र बाआमाबीच आउने दुरी अत्यन्तै दरकरार रूपमा खडा हुँदै जान्छ। परिवार सन्तानबीचको दुरीले एक दिन दुर्घटना नै निम्तिन पुग्छ।

आजका अभिभावकले कामको दौडधुपका कारण बालबालिकाले पर्याप्त साथ, माया, समय समयमा मनोरञ्जन र घुमफिर पाउँदैनन्। यसरी बालबालिका सामाजिक सञ्जाल र इन्टरनेटमार्फत गेममा भुल्दै जाँदा गलत सङ्गत र आदत बसाल्न पुग्छन्।

परिवारमा आपसी अभिभावक र बालबालिकाबिच सम्बन्ध सुमधुर कायम हुन नसक्दा उत्पन्न हुने अनेकौँ प्रश्नहरू नै नाटक ‘तीन प्रश्न’ले उठाएको छ। मोबाइल गेमका कारण बालबालिकामा मानसिक उतारचढाव, एक्लोपन गलत बाटोतर्फ मोडिन विवश छन्। यस्तो दूरीबाट बच्न र बचाउन अहिले नै अभिभावक सचेत हुनुपर्ने सन्देश दिन खोजेको ? (तीन प्रश्न) नाटकलाई नक्सालस्थित बृहस्पति विद्या सदन स्कुलका बालबालिकाले बनाएका हुन्। ‘राष्ट्रिय बाल नाटक मेला २०७९’ को पहिलो दिन मङ्गलवार राष्ट्रिय नाचघरमा जमलमा देखाइएको यो नाटकलाई ईश्वर अवस्थीले निर्देशन गरेका हुन् भने पुष्पराज अवस्थीले लेखेका हुन्।

काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र दाङ जिल्लाका ११ वटा स्कुलले ११ बाल नाटक मञ्चन हुने छ भने ‘विद्यालयमा नाटक’ शीर्षकमाथि बहस हुने भएको छ।

नाट्यकर्मीहरू नाटक निर्माणलाई नै पेसा बनाउन सफल भएका छन् कोही संघर्षपनि गरिरहेका छन्। यसै क्रममा बाल नाटक महोत्सवले बालबालिकाहरू आफ्नो प्रतिभालाई चिन्न पाउने अवसर पनि हो। बाल नाटक मेलामार्फत बालबालिकाभित्र लुकेको प्रतिभालाई बाहिर ल्याउन सके अभिव्यक्ति क्षमता बढाउन सक्छन् र नाटकमा आफ्नो भविष्य बनाउन सक्ने कोसिस पनि हुन सक्छ।

विद्यालयहरूमा नाटकको परम्परा स्थापित गर्ने हाम्रो पुरानै प्रयास हो । वास्तवमा विद्यालयमा नाटक अपरिहार्य हो किनभने नाटक यस्तो बहुआयमिक र शक्तिशाली माध्यम हो जसले बालबालिकाको सिकाइमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।

नाट्यकर्मी महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र रिमालका अनुसार सामान्य सिकाई भन्दा नाटकीय र अभियनका माध्यमबाट सिकाइएको कुरा बालबालिकाहरूले छिट्टो ग्रहण गर्न सक्ने छन्।

नाटक आफैमा बालबालिकाहरूको प्रतिभा प्रस्फुटनका लागि पनि महत्त्वपूर्ण हुँदै हो’, अध्यक्ष रिमालले भने, ‘हामीले नाट्यकर्मीहरूको पेसा र पेसागत हितको कुरा पनि बारम्बार गर्छौँ। त्यसका लागि नाटकका गतिविधि जति धेरै हुन सक्यो त्यति नै धेरै पेसागत अवसरहरू पनि सिर्जना हुँदै जान्छन्। हाम्रो यो प्रयास त्यही अभियानको एउटा हिस्सा हो।’

गुणस्तर, पेसागत सुरक्षा, नाटकले उठाउने विषयको गाम्भीर्यता, नाटकले बालबालिकामा पार्ने प्रभाव र संवेदनशीलता माथि विचार गर्न अभिभावकलाई सचेत गराउँछ।

नेपाल सरकारको ‘सबैको लागि गुणस्तरीय शिक्षा’ भन्ने नारालाई सार्थक तुल्याउन अहम् भूमिका खेल्ने निजी विद्यालयको छाता सङ्गठन क्याप्सनको सहयोग गरेको छ।

नाट्यकर्मी महासङ्घको आयोजनामा ९ गतेदेखि १३ गतेसम्म चल्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस