राष्ट्रपति भण्डारीद्वारा हेटौँडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति भण्डारीद्वारा हेटौँडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौँडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेकी छन् ।

नेपाली सेनाको हेलिकप्टरबाट आज मङ्गलवार हेटौँडा पुगेकी भण्डारीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको सङ्घीय सरकारको ४३ करोड रुपैयाँ लागतमा निर्माण भएको तीन तले भवनको उद्घाटन गरिन् ।

अस्पतालले नयाँ भवनबाट जनशक्ति थप गरेर उपचार सेवालाई प्रभावकारी रूपमा अगाडि बढाएको छ । पहिले रिफर अस्पतालको रूपमा परिचित हेटौँडा अस्पतालमा अहिले धेरै खालका बिरामीको उपचारसँगै विभिन्न रोगको नियमित अप्रेसन गरिँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस