इकोनोमिक्स ओलम्पियाडका लागि ५ विद्यार्थी छानिए « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

इकोनोमिक्स ओलम्पियाडका लागि ५ विद्यार्थी छानिए


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिने पाँच विद्यार्थीको टुङ्गो लागेको छ ।

ललितपुरमा आइतबार सम्पन्न नेपाल इकोनोमिक्स ओलम्पियाड (नियो) मा गोल्ड मेडल जित्ने ५ जना विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका हुन् ।

बुढानीलकण्ठ स्कुलका भार्गभ चटौत र भिक्टर हमाल, लिटिल एन्जल्सका द्रयुश यादव, ट्रिनिटीका मयंक शङ्कर झा र सेन्ट जेभियरका अनुभव ढुङ्गाना ओलम्पियाडका लागि छानिएका नियोले जनाएको छ ।

प्लस टु तहमा व्यवस्थापन सङ्काय अध्ययनरत ८० मध्येबाट ओलम्पियाडका लागि ५ विद्यार्थी छानिएका हुन् । क्षेत्रीय प्रतिस्पर्धामा भने देशभरका १६२ कलेजका एक हजारभन्दा बढी विद्यार्थीहरू सहभागी थिए ।

तीमध्येबाट उत्कृष्ट ७५ जना र सिधै छनोटमा परेका ५ जनाले राष्ट्रिय ओलम्पियाडमा प्रतिस्पर्धा गरेका थिए ।

नियोले प्रतिस्पर्धामा सहभागी विद्यार्थीलाई बिजनेस केस एनलाइसिस, सिमुलेसन र अर्थशास्त्र विषयसँग सम्बन्धित प्रश्न समेटिएको ३ घण्टाको लिखित परीक्षा लिएर उत्कृष्ट ५ जना छनोट गरेको हो । यसअघिका ओलम्पियाडमा नेपाली विद्यार्थीले तेस्रो स्थान हासिल गरेका थिए । तर यसपालि गोल्ड मेडल जित्ने लक्ष्य राखेको नियोका साझेदारी निर्देशक दीपक भण्डारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस