गाउँपालिकालाई मनकामना दर्शन प्रालिले दियो ट्याक्टर « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

गाउँपालिकालाई मनकामना दर्शन प्रालिले दियो ट्याक्टर


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । मनकामना दर्शन प्रा.लि. ले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत गोरखाको शहिद लखन गाउँपालिकालाई ट्याक्टर सहयोग गरेको छ ।

विशेषता वडा नं. २ र ३ को फोहोर व्यवस्थापन कार्यको लागि महिन्द्राको ट्याक्टरसहित हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

कुरिनटारस्थित अग्नी इनकर्पोरेटेडको अफिस प्राङ्गणमा कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई सो सहयोग हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं. २, ३ र ४ का वडाध्यक्ष, फोहोर मेला व्यवस्थापनका समितका अध्यक्ष तथा सदस्यलगायतको सहभागिता थियो । उक्त ट्याक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन समेत सघाउ पुग्ने निर्देशक श्रेष्ठले विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस