राष्ट्रपति भण्डारी आज हेटौँडा जाँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति भण्डारी आज हेटौँडा जाँदै


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौँडा जाँदै छिन् । आज हेटौँडा अस्पतालको नव निर्मित भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी जाने भएकी हुन्।

राष्ट्रपति भण्डारीले अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँले जानकारी दिए ।

सङ्घीय सरकारको बजेटबाट निर्माण भएको उक्त भवनमा ७० शय्या अस्पताल सञ्चालनको क्षमता रहेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईले जानकारी दिए । नयाँ भवन निर्माण भएसँगै अस्पतालमा थप सेवा र सुविधा विस्तार गरी सञ्चालन भइरहेको उनको भनाइ छ ।

अस्पतालको पुरानो भवन साँघुरो भएपछि र सेवाग्राहीको चाप बढ्दा सेवा प्रवाहमा समस्या हुँदै आएको उनले बताए । उनका अनुसार नयाँ भवनबाट सेवा प्रवाह थालेपछि भने केही समस्याहरू समाधान भए पनि अझै थुप्रै सुधारहरू गर्न बाँकी रहेको छ । हाल दैनिक ७/८ सयको दरमा बिरामीहरू आउने गरेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस