जर्मनको छ सदस्यीय संसदीय प्रतिनिधिमण्डल नेपालमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जर्मनको छ सदस्यीय संसदीय प्रतिनिधिमण्डल नेपालमा


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । जर्मनीको प्रतिनिधिसभा जर्मन बुन्डेस्ट्यागबाट दक्षिण एसियाली संसदीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ । उक्त प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका लागि सोमबार नपाल आइपुगेको हो ।

छ सदस्यीय संसदीय प्रतिनिधिमण्डलले ७ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने नेपालस्थित जर्मनीको राजदूतावासले जनाएको छ । भ्रमणमा आउनेमा सांसद रेनाटे कुनास्ट, एन्ड्रियास लारेम, पॉल लेह्रिडर, रिया श्रोडर, डा. माल्टे काउफम्यान र डा.आन्द्रे हान रहेका छन् । यो भ्रमणले नेपाल र जर्मनीबीचको संसदीय सम्बन्धलाई थप सुदृढ बनाउने दूतावासले जनाएको छ ।

प्रतिनिधिमण्डलले नेपालको आर्थिक रूपान्तरण, पर्यटन प्रवर्द्धन, नेपालको शान्ति प्रक्रिया र मानवअधिकार, महिला सशक्तीकरण, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था, कृषि र क्षेत्री सहयोगका साथै जर्मन-नेपाल विकास सहयोगलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस