मोरङमा घरभित्र भेटिएको महिलाको शव पहिचान, तीन जना नियन्त्रणमा « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

मोरङमा घरभित्र भेटिएको महिलाको शव पहिचान, तीन जना नियन्त्रणमा


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । मोरङ बुढीगंगा-२ मा हत्या गरिएकी महिलाको पहिचान खुलेको छ।

प्रहरीका अनुसार मृतक महिला विराटनगर-१९ घर भएकी २८ वर्षीया प्रियङ्का सुनवार हुन्।

हत्यापछि बोरामा पोको पारेर राखेको अवस्थामा उनको शव फेला परेको थियो। स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेपछि यो घटना बाहिर आएको हो।

स्थानीय नरसिंह चौधरीको घरभित्र बोरामा पोको पारेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस