सार्वजनिक बिदामा पनि जनसेवाका लागि जिल्ला प्रशासन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सार्वजनिक बिदामा पनि जनसेवाका लागि जिल्ला प्रशासन


८ फाल्गुन २०७९, सोमबार


धुलिखेल । शनिबार तथा आइतबार प्रजातन्त्र दिवसको सार्वजनिक बिदा दिन पनि काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गरेको छ ।

झन्झटिलो र अत्यासलाग्दो सेवा प्रणालीका कारण असहज महसुस गरिरहेका सेवाग्राहीलाई बिदाको दिनसमेत सेवा प्रवाहको योजना बनाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

लगातार दुई दिन परेको सार्वजनिक बिदामा पनि यथाशक्य सेवा दिने निर्णयसहित सेवाग्राहीलाई गत शुक्रबार नै शनिबार र आइतबारका लागि टाइम टोकन वितरण गरिएको थियो ।

आफूले पाएको टाइम टोकन अनुसार तोकिएको समयअनुसार सेवाग्राही बिदाको दिन पनि सेवा लिन आएका थिए । बिदाको दिन पनि सहज तरिकाले सेवा लिन पाउँदा खुसी हुनाका साथै कार्यालयप्रति आभारी भएको सेवाग्राही शिवहरि खतिवडाले बताए ।

सेवाको माग धेरै र उपलब्धता थोरै भएकाले नागरिक मैत्री सेवा प्रवाह गर्न बैङ्क काउन्टरसमेत बिदाको दिनमा सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले बताए ।

कार्यालयले टाइम कार्ड लागू गरेसँगै राहदानीका लागि फारमसमेत कार्यालयका कर्मचारीले नै भरिदिने गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस