जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल आज पनि केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ ।

बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरु हुनेछ । आजको बैठकमा राष्ट्रपति लगायतका पछिल्ला राजनीतिक घटनाक्रम बारे छलफल हुने बताइएको छ ।

आइतबार बसेको बैठकमा पनि राष्ट्रपति/उपराष्ट्रपति र पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा छलफल भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार जसपा पनि राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भने पक्षमा रहेको छ ।

बैठकमा चुनावमा पार्टीभित्र भएको अन्तर्घातको विषयमा भइरहेको छानबिन प्रतिवेदन चाँडै पेस गर्नुपर्ने विषयमा पनि छलफल भएको ती नेताले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस