लुम्बिनीका नवनियुक्त मन्त्री यादवको शपथ आज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुम्बिनीका नवनियुक्त मन्त्री यादवको शपथ आज


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । लुम्बिनीका नवनियुक्त मन्त्री भण्डारीलाल अहिर यादवको शपथ आज हुँदै छ ।

मन्त्री यादवको आज बिहान ११ बजे प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको शपथ ग्रहण हुने प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

जनता समाजवादी पार्टीका संसदीय दलका नेतासमेत रहेका अहिरलाई आइतबार कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । उनी बाँके क्षेत्र नम्बर २९१० बाट निर्वाचित भएका थिए ।

यसअघिका कृषिमन्त्री तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर जसपा नेपालका अहिरलाई सो मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस