‘राष्ट्रपतिको विषयमा कसैसँग सहमति भएको छैन’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘राष्ट्रपतिको विषयमा कसैसँग सहमति भएको छैन’


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिका आधारमा निर्माण गर्नुपर्ने बताएका छन् । प्रेस सेन्टर सिन्धुलीले आइतबार दिउँसो सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रिय सहमति विना राष्ट्रपति चयन हुन नसक्ने बताए ।

राष्ट्रपति कुन दल वा व्यक्तिलाई हो भनी हालसम्म कहीँ कसैसँग सहमति नभएको र राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन हुनुपर्ने पार्टीको आधिकारिक धारणा रहेको जानकारी दिए । परिस्थिति जटिल, पेचिलो बन्दै गएको र सहमतिबाटै राष्ट्रपति चयन गर्न अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागिपरेकाले सहमतिबाटै राष्ट्रपति चयन हुने विश्वास व्यक्त गरे । उम्मेदवारी दर्ता गर्ने दिनसम्ममा केही निष्कर्ष निक्लनेमा उनले विश्वास व्यक्त गरे ।

विगतका अनुभवबाट शिक्षा लिएर सर्वमान्य व्यक्ति, गणतन्त्रको रक्षा, संविधानको रक्षा गर्ने, परिवर्तनका निम्ति प्रतिबद्ध व्यक्ति नै अबको राष्ट्रपति हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस