७९ लाख ७२ हजार बढीले लगाए बुस्टर डोज खोप « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

७९ लाख ७२ हजार बढीले लगाए बुस्टर डोज खोप


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । कोरोना भाइरस कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप लगाउनको संख्या ७९ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ७९ लाख ७२ हजार ७९१ जनाले बुस्टर डोज खोप लगाएका हुन् । 

कोभ्याक्स सुविधा अन्तर्गत सरकारले ओमिक्रोनको नयाँ भेरियन्टलाई समेत काम गर्ने बाइभ्यालेन्ट खोपको ३ लाख ४५ हजार मात्रा फागुन १ गते प्राप्त गरेको छ ।

यस्तै, ३ फागुनमा  नै नेपाल सरकारका लागि जर्मन सरकारले १५ लाख मात्रा कोरोनाविरुद्धको फाइजर खोप उपलब्ध गराएपछि बुस्टर डोज लगाउने दर बढ्दै गएको हो । सरकारले लामो समयदेखि बुस्टर डोज खोप लगाउन आग्रह गरेपनि देशका सबै खोप भण्डारण केन्द्रमा भेरोसेल खोपबाहेक बुस्टर डोजका रूपमा अन्य खोप उपलब्ध थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस