‘पूर्व राजासँग सहकार्य हुन सक्दैन’ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

‘पूर्व राजासँग सहकार्य हुन सक्दैन’


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग सहकार्य हुन नसक्ने बताएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा अध्यक्ष ओलीले २४० वर्ष शासन चलाउँदा राजसंस्थालाई जनताले राम्रोसँग बुझेको भन्दै अलमलमा नपर्न पूर्वराजा शाहलाई आग्रह पनि गरे ।

शाहले राखेको सहकार्यको प्रस्तावको कुनै अर्थ नरहेको ओलीको भनाइ छ ।

“पछिल्लो १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको छ । उहाँ आफैँ अलमलमा हुनुहुन्छ । त्यस्तो प्रस्तावको कुनै अर्थ छैन,” ओलीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस