अब पुरानै गठबन्धन ब्युँतिन्छ : विश्वप्रकाश शर्मा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

अब पुरानै गठबन्धन ब्युँतिन्छ : विश्वप्रकाश शर्मा


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको राष्ट्रपति काँग्रेसबाट बन्ने बताएका छन् ।

नेपाली काँग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले काँग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरे । उनले भने, ‘राष्ट्रपति काँग्रेसले उम्मेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शङ्का छैन ।’

महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रूपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले काँग्रेसले पाउनु स्वभाविक रहेको बताए । 

पहिलो दल काँग्रेसले सरकार गठन गर्नुपर्ने भए पनि केही त्रुटिका कारण बाहिर बस्नुपरेको उल्लेख गर्दै उनले त्यसमा कसले के कति गल्ती गर्‍यो भन्ने विषय पार्टीको छलफलको विषय रहेको बताए । अबको केही दिनमा पुरानै गठबन्धन ब्युँतिने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस