अब वीर अस्पतालमा जलनका बिरामीको उपचार हुने  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अब वीर अस्पतालमा जलनका बिरामीको उपचार हुने 


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । वीर अस्पतालमा जलनका बिरामीको उपचार हुने भएको छ । अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएसँगै उपचार हुने भएको हो । २०७२ को महाभूकम्पले बर्न वार्ड रहेको भवन भत्किएपछि बन्द भएको सो सेवा पुनः सञ्चालनमा ल्याउन लागिएको हो । 

अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए । बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु) र शल्यक्रिया कक्ष पनि सञ्चालनमा ल्याइने डा. पौडेलले जानकारी दिए ।

सो सेवा अस्पतालको नयाँ (सर्जीकल) भवनबाट दिइनेछ । डा. पौडेललाई स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले शुक्रबार कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस