आज प्रजातन्त्र दिवस मनाइँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आज प्रजातन्त्र दिवस मनाइँदै


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । आज ७३औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ । 

जनताको सङ्घर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले सबै नेपालीहरूमा शुभकामना दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस