नेपाल टेलिकमलाई २४ घण्टे स्पष्टीकरण  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल टेलिकमलाई २४ घण्टे स्पष्टीकरण 


६ फाल्गुन २०७९, शनिबार


काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। बिहीबार नेपाल टेलिकमको पोस्टपेड सेवाको बिल रन गर्ने क्रममा समस्या देखिएसँगै कारण खुलाउन स्पष्टीकरण सोधेको हो । 

टेलिकमको यो समस्याका कारण प्रयोगकर्ताको रकम काटिने, रिचार्ज गर्दा नदेखिने तथा वान वे बार हुनेलगायतको समस्या देखिँदै आएको छ । 

नेपाल टेलिकमले भने बिहीबार नै एक विज्ञप्ति जारी गर्दै मासिक बिल प्रशोधन गरी हिसाब मिलान गर्ने कार्य रातभरमा सम्पन्न हुनुपर्नेमा बिहानसम्म नसकिँदा समस्या आएको बताएको थियो । पछिल्लो समय टेलिकममा आन्तरिक देखि बाह्य धेरै समस्याहरू देखिँदै आएका छन् । 

संस्थागत सुधार भन्दा अन्यत्रै ध्यान दिन थालेसँगै टेलिकमको गुणस्तर दिन प्रतिदिन खस्कँदो अवस्थामा पुगेको छ । जसमा सम्बन्धित निकायको मौनता अझ बढी रहस्यमयी बन्दै आएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस